Logo

भारतीय राजदूतावासद्वारा सातौ अन्तराष्ट्रिय योग दिवसको आयोजना



काठमाडौ., ७ असार । काठमाडौंस्थित भारतीय राजदूतावासले आज  भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेको छ । कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा “घर घरमा योग” रहेको छ ।

योग दिवसको अवसरमा भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृत ‘Common Yoga Protocol’ अनुरुप दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो । सो योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । योग गुरु श्री लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए भने सो कार्यक्रमलाई नेपालभरीबाट हेरेका थिए ।

योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरु नेपाली पाश्र्व आवाजसहित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेको दुतावासले जनाएको छ ।

दुतावासको अनुसार अन्तराष्ट्रिय योग दिवसको बारेमा योगाचार्य श्री सुनील मानसँग ‘कोभिड–१९ को समयमा योगको औचित्यता’ बारे गरिएको कुराकानी नेपालका सातै प्रदेशका दश प्रमुख रेडियो एफएम च्यानलमार्फत प्रसारण गरिएको थियो । साथै दूतावासले भर्चुअल आयोजना गरेको निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगितामा नेपालीहरुले सहभागीता जनाएका थिए ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो । उत्तरी गोलाद्र्घमा वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रहरुमा यो दिनको विशेष महत्व भएकोले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउनुपर्ने सुझाव दिएका थिए।



प्रतिक्रिया दिनुहोस्