सुनसरी, ७ असार । भैसी चोरी गरी लैजादै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । सुनसरी ईनरुवा नगरपालिका ९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सोही गाउँपालिका ६ सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको हो ।
भैसी चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मन्सुसरीलाई पक्राउ गरेको हो । जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।