Logo

विद्यार्थीलाई यौनदुर्व्यवहार गर्ने शिक्षक पक्राउ



मनाङ, ७ असार । यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् । नार्पाभूमी गाउँपालिका १ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजि र प्ले ग्रुपका अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका ७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको अवस्थामा दुर्ब्यवहार गर्ने गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot