काठमाडौँ, ७ असार । असार ४ गते शुक्रवार देखि बन्द भएको नबिल बैंकको ग्राहक सेवा आजबाट सुचारु भएको छ । बैंकले आजदेखि बैंकको सम्पुर्ण कोर बैंकिंग प्रणाली (सीबीएस) सुचारु भएको जानकारी दिएको हो ।
बैंकको अनुसार सो प्रणालीको स्तरोन्नति (अपग्रेडेशन) प्रक्रियाको क्रममा बैंकले प्रयोग गरिरहेको सीबीएस बन्द गरिएको थियो । स्तरोन्नति चलिरहेको बेला बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सम्पुर्ण बैंकिंग सेवा बन्द रहेका थिए ।
इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एटिएम, कार्ड र रेमिटेन्स सेवा समेत बन्द भएका सेवाहरु आजदेखि पुनः संचालनमा आएका हुन् ।