Logo

वैदेशिक रोजगार बचतपत्र खरीदमा आकर्षण न्यून



काठमाडौं, असार ८ । नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा सरकारका लागि आन्तरिक ऋण जुटाउन वैदेशिक रोजगार बचतपत्र विक्री खुलाए पनि यसमा खरीदकर्ताको आकर्षण भने न्यून देखिएको छ ।

हालसम्म १२ आर्थिक वर्षमा २१ पटक गरी १३ अर्ब ८ करोड ७९ लाख बराबरको उक्त उपकरण जारी भएकोमा ४ दशमलव ८८ प्रतिशत मात्रै विक्री हुन सकेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०६६/६७ देखि आव २०७७/७८ सम्ममा सो दरमा ६३ करोड ९३ लाख रुपैयाँ बराबरको मात्र वैदेशिक रोजगार बचतपत्र विक्री भएको छ ।

वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीका लागि मात्र विक्री गरिने भएकाले पनि उनीहरूको माग कम हुँदा विक्री खासै हुन नसकेको राष्ट्र बैंकको भनाइ छ । बैंकका अनुसार गतवर्षदेखि कोभिडको प्रभावले विक्रीमा चुनौती भएको छ ।

कोभिड–१९ अघि पनि उक्त उपकरणमा आकर्षण न्यून थियो । तर अहिले कोभिडले झन् विक्रीमा असर परेपछि नेपाल राष्ट्र बैंकले पछिल्लो समय विक्री खुला गरेको ५० करोड रुपैयाँ बराबरको बचतपत्रका लागि असार १८ गतेसम्म अवधि थपेको छ । यसअघि जेठ १३ देखि असार ३ गतेसम्मका लागि विक्री खुला गरिएको थियो । अवधि थपिएको सो बचतपत्र असार २३ गते निष्कासन गरिनेछ । उक्त बचतपत्रमा गरेको लगानीलाई २०८३ असार २३ गते साँवासहित रकम फिर्ता हुनेछ ।

केन्द्रीय बैंकले सरकारको वार्षिक तालिका अनुसार वार्षिक १० प्रतिशत ब्याजदरमा वैदेशिक रोजगार बचतपत्र–०८३’ विक्री खुलाएको हो । यतिबेला खरीदकर्ताका लागि केन्द्रीय बैंकले अफर गरेको सो ब्याजदर राम्रो अवसर पनि हो । पछिल्लो समय बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएर ७–९ प्रतिशतको हाराहारीमा पु¥याएका छन् ।

नेपाल सरकारको तर्पmबाट नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले बचतपत्र खरीद गर्नेका लागि ५ वर्षको अवधिसम्म ६र६ महीनामा ब्याज भुक्तानी हुनेगरी उक्त बचतपत्र विक्री गर्नेछ । तर आम्दानी भएको ब्याजमा कर लाग्नेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनरदिन सकिन्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्