Logo

१६ डिआइजी सरुवा



काठमाडौं, असार ८ । नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन्।

सरुवापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा नेतृत्वको धिरजप्रताप सिंहलाई जिम्मेवारी दिइएको छ। सिआइबीमा रहेका डिआइजी सहकुलबहादुर थापा प्रदेश समन्वय निर्देशनालय सरुवा भएका छन्।

अन्य डिआइजी गणेशबहादुर ऐर कर्णाली, बसन्तकुमार पन्त अख्तियार, पुरुषोत्तम कँडेल सुदुरपश्चिम, घनश्याम अर्याल विशेष ब्युरो, उत्तमराज सुवेदी रानीपोखरी, रवीन्द्र धानुक कार्य एवं अपराध अनुसन्धान विभाग, प्रकाश अधिकारी मानव स्रोत एवं प्रशासन विभाग, वसन्तकुमार लामा महानिरीक्षकको सचिवालय, ईश्वरबाबु कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot