Logo

आजदेखि उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ने



काठमाडौं, ८ असार । आजदेखि बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ला भएका छन् ।

असार ६ गते आइतबार बसेको तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई खुकुलो गर्दै काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई खोल्न दिने निर्णय गरेसँगै आजदेखि पुर्णरुपमा खुल्ने भएका हुन् ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुलाई २० प्रतिशत कर्मचारीको उपस्थितिमा मात्रे संचालन गर्न दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्