Logo

युवराज ज्ञवालीको दाबी : अब एमाले एकताको सम्भावना अत्यन्तै न्यून भयो (भिडिओसहित)



काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता युवराज ज्ञवालीले आफूहरुले पार्टी एकताको लागि बारम्बार प्रयास गरेको बताएका छन । उनले एमाले भनेको बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको आयोजक कमिटी नभएको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘विधानलाई लत्याएर उहाँले केन्द्रीय कमिटी बनाउनुभयो, त्यो अवैधानिक हो । हामीले त्यो सच्याउन भनेका छौं । तर, ओलीजीले सच्याउनुभएन ।’ उनले कर्णाली प्रदेशका चार सांसदलाई पूनवर्हाली गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध एमाले भ्याकेटमा जाने निर्णय गर्नुले नै ओलीले पार्टी एकता नचाहेको पुष्टि भएको पनि बताए । उनले अध्यक्ष ओलीले पार्टी नचाहेको दाबी गरे । उनले अब एमालेको एकताको सम्भावना अत्यन्तै न्यून भएको दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot