Logo

चोरीका घटना बढ्दैः सुनका गहना र नगद लुटपाट गर्ने युवक पक्राउ



दाङ, ८ असार । सुनका गहना र नगद लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् । लमही नगरपालिका ७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालक समेत ४ जनाको सुनका गहना, नगद ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट गरेको अभियोगमा लमही नगरपालिका ७ कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित संम्राट सिमेन्ट कम्पनीतर्फ जाने बाटोको जंगलमा बुढा समेत ३ जनाले भाला, हुक लगायतका हतियार देखाई उक्त गहना र नगद लुटपाट गरी लगेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमही र अस्थार्इ प्रहरी पोष्ट बन्गैबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न बुढालाई पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot