Logo

ट्रम्प कोरोना संक्रमित अमेरिकीलाई ग्वानटानामो टापुमा पठाउन चाहन्थे



एजेन्सी, ८ असार । कोरोना भाइरसका संक्रमितलाई तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरनाक अपराधी र आतंककारीलाई कैद गर्ने गरिएको ग्वानटानामो टापुमा पठाउन चाहेको खुलेको छ । उनले टापुमा संक्रमितलाई पठाएर अमेरिकामा सर्न नदिने प्रस्ताव समेत निकटस्थसँग राखेको खुलेको हो ।

वासिङ्टन पोष्टले नयाँ प्रकाशित पुस्तकलाई उदृत गर्दै ट्रम्पले आफ्नो कर्मचारीहरुसँग टापुमा राख्ने कुरा गरेको र ग्वानटामोमा राख्दा के हुन्छ ? भन्ने प्रस्ताव समेत राखेको खुलाएको हो । ट्रम्पले आफूहरु मालसामान आयात गर्न तयार रहेको तर भाइरस भित्राउन नचाहेको विषय समेत राखेका थिए ।

नाइटमेर सिनारिओः इन्साइड द ट्रम्प एड्मिनिस्ट्रिेसन्स रेस्पोन्स टु द प्यानडेमिक द्याट चेन्जड हिष्ट्रि वासिङटन पोष्टका पत्रकार यसमिन अबुतलेब र डामियन पलेटाले लेखेका हुन् । उनले परीक्षणका कारण आफू चुनाव हार्न गइरहेको बताएको विषय पनि पुस्तकले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot