काठमाडौं, ८ असार । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले) को ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका चार जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले आज (मंगलबार) दुवै पक्षलाई अदालतमा उपस्थित् हुन आदेश दिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए । अन्तरिम आदेश खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो । ह्वीप उल्लंघन गरेका सांसदहरुमा भने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाही रहेका छन् । file photo