Logo

अदालतको आदेशपछि एमालेको प्रतिक्रिया : देशको राजनीति जटिल मोडतिर गयो



काठमाडौं, ८ असार । नेकपा (एमाले) का प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सर्वोच्च अदालतले आजको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । अदालतको आजको आदेशले देशको राजनीति थप जटिलतातर्फ गएको बताए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले जेठ २१ र जेठ २७ गते भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि ज्ञवालीको यस्तो प्रतिक्रिया आएको हो । उनले अदालतको आदेश अप्रत्यासित रहेको र यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्