Logo

अदालतको आदेशले पहिले ७ अहिले २० मन्त्रीबाट पदमुक्त



काठमाडौं, ८ असार । सर्वोच्च अदालतको आदेशले एक महिनाको अन्तरालमा दुईपटक मन्त्रीहरु पदमुक्त भएका छन् । ७ जेठमा पूर्वमाओवादीबाट मन्त्री भएकाहरु पदमुक्त भएका थिए ।

सांसद पद नरहेकाहरु दोस्रोपटक मन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै पदमुक्तको अवस्था बनाइदिएको थियो । एक महिना अघि पदमुक्त भएकाहरुमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दावा लामा थिए ।

पूर्वमाओवादीका ७ मन्त्री पदमुक्त भएपछि ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा ल्याएका थिए । प्रतिनिधि सभा विघटन गरिसकेको अवस्थामा उनले मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले फैसला गर्दै पदमुक्तको आदेश दिएको हो ।

सर्वोच्चको आदेशले यी मन्त्री पदमुक्त (सुचीसहित)

आज पदमुक्त हुने मन्त्रीहरुमा जसपाका ११ र एमालेका ९ जना छन् । एमालेबाट मन्त्री भएका नैनकला थापा र ज्वालाकुमारी पूर्वमाओवदी हुन् ।

यसअघि सर्वोच्चको ७ मन्त्री पदमुक्त गर्ने फैसलामा ओलीलाई नै फाइदा पुगेको देखिएको थियो । यसपटक २० मन्त्री पदमुक्त हुँदा कसलाई फाइदा पुग्ने प्रतिक्षाको विषय छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot