काठमाडौँ, ८ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन नगरपालिका-६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताए । उनले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गरे ।-रासस