काठमाडौं, ८ असार । नेकपा एमालेका नेता महेश बस्नेतले अदालतका फैसलाहरु सेटिङ्गमा हुने भन्दै आशंका व्यक्त गरेका छन् । उनले प्रचण्डको भविष्यवाणी मिलेको भन्दै आशंका व्यक्त गरेका हुन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा लैख्दै बस्नेतले न्यायालयको बारेमा ठिक नभइरहेको तर्क गरेका छन् । उनले लेखेका छन्, ‘अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन् कि न्यायालयहरुले सम्भाव्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् ।’
आज मन्त्रिमण्डल पुर्नगठनविरुद्धको अन्तरिम आदेशलाई बस्नेतले प्रधानमन्त्री ओलीले चालेको संसद विघटन गराउने कदमको निर्वाचनको घोषणालाई स्वीकार गरेको देखिएको तर्क गरेका छन् । उनले लेखेका छन्, ‘जे होस् अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद विघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्वीकार गरेको देखियो ।’
महेश बस्नेतले लेखेका छन्ः हिजो माओबादी अध्यक्ष प्रचण्डले धादिङमा आफुले प्रप्त गरेको बिशेष सूचना भनेर जे बोल्नु भएको थियो आज प्रतिनिधिसभा विघटन पछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधान न्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो ।
यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने । अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन्। कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो। जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन। राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने गर्दछ त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ।
जे होस अन्तरिम अदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद बिघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्विकार गरेको देखियो।