Logo

काठमाडौं उपत्यका प्रवेश गर्न प्रशासनको सिफारिस अनिवार्य



चितवन, असार ९ । जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकामा प्रवेश गर्न अनिवार्य जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त कुराको जानकारी गराएको हो ।

प्रशासनले जारी गरेको सूचनामा मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत पाइने उल्लेख छ ।

स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म मात्र गर्न नपाइने सूचनामा उल्लेख छ । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्