Logo

संसद् विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरू



काठमाडौं, ९ असार । संसद् विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष, माधव नेपाल पक्षधर र जनमोर्चाका १ सय ४६ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो ।

सुरुमा निवेदनका पक्षमा देउवाको तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस गरेका छन् । उनलाई जम्मा २० मिनेटको समय दिईएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

 



प्रतिक्रिया दिनुहोस्