काठमाडौं, ९ असार । पाँच दल सम्मिलित विपक्षी गठबन्धनको बैठक बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्ने भएको हो ।
कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र जनमोर्चा सम्मिलित गठबन्धनले हिजोमात्रै संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कारण देश गम्भीर दुर्घटनातर्फ जान लागेको भन्दै सबै मिलेर जोगाउनुपर्ने अपिल गरेको थियो ।
गठबन्धनका नेता उपेन्द्र यादवले आज साँझ ५ बजे बैठक बस्न लागेको जनाए । र, बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनेबारे छलफल हुने यादवले जनाए । विपक्षी गठबन्धनका १४६ जना सांसदले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट हालेका छन् । उक्त रिटमाथि अहिले संवैधानिक इजलासमा सुनुवाई जारी छ । अहिले देउवाको तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन् ।