Logo

दक्षिणकालीमा हत्या गरिएकी सन्तोषी यसरी चराचुरुङ्गीको आवाज निकाल्थिन् (भिडियोसहित)



काठमाडौं, ९ असार । दक्षिणकालीमा विभत्स हत्या गरिएकी सन्तोषी सुब्बासँग चराचुरुङ्गीको हुबहु आवाज निकाल्न सक्ने क्षमता थियो । उनी त्यही क्षमताका कारण चर्चित पनि भइन् ।

७ जेठ २०७४ सालमा सुब्बा रिपोर्टर्स क्लब नेपालमा चराचुरुङ्गीको आवाज निकाल्ने कला प्रस्तुत गर्न आइपुगेकी थिइन् । उनको कलालाई भिडियो र क्यामरामा कैद गर्न ठूलो संख्यामा मिडियाकर्मीहरु आएका थिए । संयोगक नै भन्नुपर्छ ४ वर्षपछि ७ जेठ २०७८ मा सन्तोषी सुब्बाको विभत्स हत्या भएको छ ।

सुब्बाले त्यतिबेला विभिन्न चराचुरुङ्गीको हुबहु आवाज निकालेर छक्क पारेकी थिइन् । सुब्बासँगै उनका धर्मबाबु धने तामाङ पनि आएका थिए । काभ्रे घर भएका तामाङले सुब्बालाई धर्मपुत्री बताएका थिए ।

सन्तोषीको घाँटी थिची हत्या गरिएको र शव नचिनियोस् भनेर अनुहार नै क्षतविक्षत हुने गरी ढुङ्गाले किचिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले हत्याका अभियुक्तको पहिचानका लागि सबै प्राविधिक उपाय अपनाइरहेको जनाएको छ । तालिमप्राप्त कुकुरको समेत प्रयोग भएको छ ।

हत्या गरिएको स्थान दक्षिणकाली मन्दिरबाट नजिकै रहेको छ । त्यहाँ रहेको प्रयोग नभएको शौचालयमा शव फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्