काठमाडौं, ९ असार । कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले) का माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक सुरु भएको हो ।
सर्वोच्च अदालतले हिजो २० मन्त्री पदमुक्त गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने बुझिएको छ । बैठकमा सभापति देउवासँगै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई र जनमोर्चाकी दुर्गा पौडेलले सहभागी छन् । file photo