Logo

एनआईसी एशिया बैंकको ३ अर्ब ऋणपत्रको समय थपियो



काठमाडौं, १० असार । एनआईसी एशिया बैंकले असार ६ गतेदेखि विक्रिमा ल्याएको ऋणपत्रको समय थप गरेको छ । बैंकले तोकेको मिति असार ९ गतेसम्म १० वर्षे अवधिको ३ अर्ब बराबरको ऋणपत्र बिक्रि पुरै नभएपछि असार २० गतेसम्म आवेदन दिने समय थप गरेको हो ।

बैंकको अनुसार ८.५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणलाई १२ लाख कित्ता र १८ लाख कित्ता बैंकले आफैले व्यक्तिगत तबरबाट विक्रि गर्ने भएको छ ।

सर्वसाधारणलाई छुट्टाएको मध्ये ६० हजार कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाइएको छ । १ हजार दरको उक्त ऋणपत्रमा २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्