काठमाडौं, १० जेठ । ज्योति विकास बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता सर्वसाधारण र ९ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट बिक्रि गर्ने जनाएको छ । ऋणपत्र बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।