काठमाडौं, १० असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ जारी छ। हिजोदेखि सुरु भएको नियमित सुनुवाई आजपनि सुरु भैसकेको छ । आजको सुनुवाईमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले बहस गरेका छन् । श्रेष्ठले संविधानको धारा ७६ को ५ सांसदहरुलाई दिएको ब्रम्हास्त्र भएको टिप्पणी गरे ।
ृउनले भने,‘संविधानको धारा ७६ को उपधारा ५ अनुसार सांसदहरुले अन्तिमसम्म पनि सरकार दिएर संसद जोगाउन सक्छन्, जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छन् । ७६ को ५ अनुसार दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क हुन सक्दैन ।’
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् । file photo