एजेन्सी, १० असार । सन् २०१८ मा पत्रकार जमाल खासोगीको हत्यामा चार जना साउदी अधिकारीहरु संलग्न रहेको खुलेको छ । विश्वको चासोमा रहेको यो हत्याका दोषीहरु अमेरिकामा पारामिलिटरी प्रशिक्षण लिएको खुलासा भएको छ ।
खासोगी हत्याका दोषी चार साउदी अरबका नागरिकहरुले अमेरिकामा प्रशिक्षण लिएको न्यु योर्क टाइम्सले लेखेको हो । रुसी पत्रिका तासमा रहस्यमय हत्याका विषयको बारेमा उदृत गर्दै लखेको छ,‘वाशिंगटन पोस्टमा कार्यरत पत्रकार जमाल खाशोग्गीको हत्यामा चार साउदी नागरिकहरुले अमेरिका पारामिलिटरी प्रशिक्षण गरेको र हत्याको एक वर्ष पूर्व अमेरिकी विदेश मन्त्रालयसँग प्रशिक्षण सम्झौतामा रहेका थिए ।’
हत्यामा संलग्न रहेको गोप्य इकाई हत्या पश्चात साउदी राजकुमार मोहम्मद बिन सलमानको आदेशमा मतभेदलाई दबाउन साउदी नागरिकको अपहरण, नजरबन्द र यातना दिने कार्यलाई समते प्रभावकारी बनाएको रुसी सञ्चारमाध्यम तासमा उल्लेख गरिएको छ । हत्यामा संलग्न रहेका गोप्य निकायलाई विशिष्ट स्तरको प्रशिक्षण ‘अरकानसास बेस टियर वन ग्रुप’ले प्रदान गरेको जनाइएको छ ।
छानविनको क्रममा भने गोप्य निकायले अमेरिकामा प्रशिक्षण गरेको कुनै प्रमाण तत्काल नरहेको समेत जनाइएको छ । गोप्य निकायको रहस्यमय घटनालाई अेमरिकी राष्ट्रपति बाराक ओबामा सरकारले स्वीकृती प्रदान गरको तासमा उल्लेख गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो वर्षको सफलतामा समेत उक्त प्रशिक्षण भने जारी रहीरहेको थियो ।
२ अक्टोबर २०१८ मा खाशोगगीभने साउदी प्रबेश गर्ना साथ हराएका थिए । र, अक्टोबर २० मा २०१८ मा साउदी सरकारी निकायले उनको निधन लडाईमा भएको पुष्टि गरिदिए । उक्त विषयमा छानविन गर्न निकायले आदेश समेत जारी गरेको थियो । डिसेम्बर २३ २०१९ मा साउदी कार्टले खासोगीको हत्यामा पाँच जनालाई दोषी ठहर गरेको थियो भने तीन जनालाई २४ वर्षको कैद सुनाएको थियो ।