Logo

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको बैठक असार १७ गतेको लागि आह्वान



काठमाडौं, १० असार । राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन् । file photo

 



प्रतिक्रिया दिनुहोस्