Logo

महालक्ष्मी नगरपालिकाको वडा नं ९ मा छुट्टै वडा बनाउने प्रस्ताव पारित



ललितपुर, १० असार । महालक्ष्मी नगरपालिकाको नगरसभाले वडा नं ९ मा छुट्टै वडा बनाउने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न नगरसभाबाट उक्त प्रस्ताव पारित भएको हो ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नगरसभामा वडा नं ९ मा रहेको क्षेत्रलाई छुट्टै वडा बनाउन निर्णयार्थ प्रस्ताव राखेका थिए । त्यसलाई निर्णयार्थ प्रस्ताव गर्दा सर्वसम्मतले पारित भएको थियो ।

प्रस्तावित वडामा ज्यागटार, धाराचौर, आरुबोटलगायतको क्षेत्र पर्दछन् । वडा छुट्याउने अभियान नै लिएर गत स्थानीय चुनावमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका प्रत्याशी जयकृष्ण बोगटीले पहल गर्दै आएका थिए । उनले छुट्टै वडा बनाउन नगरसभाले सर्वसम्मतबाट प्रस्ताव पारित गरेकोमा नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलगायत सबै जनप्रतिनिधिलाई धन्यवाद दिए । प्रदेश र संघमा समेत प्रस्ताव अगाडि बढाएर पारित गराउन विशेष पहल गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्