Logo

लोकतान्त्रिक गणतन्त्रको विकल्प किन खोज्नुपर्यो ? म हिन्दू राष्ट्र बनाउने पक्षमा छैन् : शशांक कोइराला (भिडिओसहित)



काठमाडौं, १० असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू विपी कोइरालाको धारणालाई अघि बढाएर राजनीति गरिरहेको स्पष्ट पारेका छन् । उनले विपीका धारणा अहिलेपनि उतिकै सान्दर्भिक रहेको सुनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आजको दिनमा कांग्रेसले नीतिमा पनि आमूल परिवर्तन गराउनुपर्ने बताए ।

उनले कृषिसम्बन्धी योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । कोइरालाले अहिले आफूहरु लोकतान्त्रिक गणतन्त्रमा रहेकोले यसको विकल्प नखोजिने पनि स्पष्ट पारे । उनले भने, यसको विकल्प किन खोज्नुपर्यो, यही नै ठीक छ । वीपी गणतन्त्रविरोधी हुनु एउटा कालखण्डको कुरा भएको भएपनि तेस्रो जनआन्दोलनपछि नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सुनाउँदै यसको विकल्प नभएको उनको भनाई छ ।

उनले आफू राजाको पक्षमा नरहेको पनि स्पष्ट पारे । उनले कांग्रेस गणतन्त्रबाट अब ब्याक नहुने जिकिर गरे । उनले आफू गणतन्त्रकै एजेण्डा बोकेर महाधिवेशनमा जाने जानकारी दिए । तर, आफूलाई धर्मनिरपेक्षता भने नपचेको उनले बताए । तर, आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उनको विश्वास थियो । उनले भने-“म नेपाललाई हिन्दू राष्ट्र बनाउने पक्षमा म जान्नँ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot