काठमाडौं, १० असार । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै गठबन्धन कायम राख्ने भएको छ। आज बसेको ठाकुर पक्षधर सांसदहरुको बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा सहभागी नेता लक्ष्मणलाल कर्णले आफूहरु प्रधानमन्त्री ओलीकै पक्षमा उभिने जानकारी दिए ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । कर्णले भने,हामी त केपी ओलीजीसँग नै साथमा रहन्छौं । हिजोपनि हामीले उहाँलाई साथ दिएकै हो । आजपनि दिन्छौं । यद्धपी उनले प्रतिनिधिसभा पूनःस्थापना भएपछि भने के गर्ने भन्नेबारे त्यतिवेला नै निर्णय लिईने जानकारी दिए ।
आजको बैठकमा अध्यक्ष ठाकुरले सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने आदेशले राजनीति थप जटिलतार्फ लगेको निश्कर्ष सुनाएका थिए । त्यस्तै, उनले प्रतिनिधिसभा संसद् पूनःस्थापना हुनसक्नेपनि ब्रिफिङ गरेका थिए । file photo