Logo

बालिका बलात्कार गर्ने ४५ वर्षीय पुरुष पक्राउ



झापा, ११ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लोकबहादुर र सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको बताएको छ । साथै फरार रहेका ओमको प्रहरीले खोजी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्