Logo

रामजन्मभूमी र योगको उत्पत्तिबारे ओलीको अभिव्यक्तिले दिल्लीमा तरंग



काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले साथ दिइरहेको टिप्पणी दिल्लीबाट पूर्वकुटनीतिज्ञले गर्दै आएका छन् । श्यामशरण देखि रञ्जीत रेसम्मले यो विषय उठाइरहेका छन् ।

ओलीले हिन्दुत्वको मुद्दा उठाइरहेको विषय उल्लेख नभएको होइन । उनले हिन्दुत्वको मुद्दासँग जोडिएको विषय अभिव्यक्तिमार्फत् उठान गर्दै आएका छन् । तर, ओलीले राम नेपालको अयोध्यापुरीमा जन्मिएको भनेर विगतमा तरंग ल्याइदिएका थिए । यसपटक योग नेपालको भूमिबाट सुरुवात भएको अभिव्यक्ति दिए ।

योग दिवसमा ओलीले नेपालमा योगको उत्पत्तिको कुरा दाबाका साथ प्रस्तुत गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योगलाई अन्तर्राष्ट्रियकरण गरेका थिए । ओलीले नेपालमा सुरुवात गरिएको योगबारे चर्चा समेत गरे । अहिले यो विषयले दिल्लीमा तरंग आइरहेको छ । भारतका पत्रपत्रिका देखि इलेक्ट्रोनिक मिडियाले ओलीको अभिव्यक्तिलाई निकै प्राथमिकता दिएर प्रकाशन र प्रसारण गरेका छन् ।

नेपालबारे चासो राख्ने भारतका थिङ्क ट्याङ्कहरुले पनि ओलीको यो शैलीलाई गम्भीरताका साथ लिएका छन् । एकातर्फ हिन्दुत्वको मुद्दा उठाउने अर्कोतर्फ देवीदेवता समेत नेपालकै भन्ने ओलीको शैलीको रणनीतिक उद्देश्यबारे उनीहरुको चासो रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्