काठमाडौं, ११ असार । मन्त्री भएको केही दिनमै अदालतको आदेशबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका नेताहरु अन्यौलमा परेका छन् । उनीहरु नचिताएको अवस्था आएपछि अन्यौलमा परेका हुन् ।
मन्त्री भएकामध्ये कोही गृहजिल्लामा बधाई खाँदै थिएन त कोही गाडी लावालस्कर लगाएर पुगेका थिए । अचानक मन्त्री पद गएपछि उनीहरुलाई झड्का लागेको छ । कतिपयका लागि यो पीडा असह्य भएको छ ।
जनता समाजवादी पार्टीकी नेता चन्दा चौधरी मन्त्रीबाट पदमुक्त भएपछि शक्तिपीठ धाइरहेकी छिन् । उनी बिहिबार जनकपुरस्थित राजदेवी मन्दिर पुगिन् । त्यहाँ पूजा गरिन् ।
चन्दा चौधरीले पूजा गरेको तस्बिर पनि फेसबुकमा राखेकी छिन् । मन्त्री पद गएपछि अन्य शक्तिपीठमा समेत उनी पुगेकी छिन् । उनले फेरि शक्ति आर्जन गर्ने आशिर्वादका लागि शक्तिपीठको दौडधूप गरेको बुझिएको छ ।