काठमाडौं, ११ असार । राष्ट्रियसभाको अधिवेशन बोलाईएसँगै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आज बैठक हलको अवलोकन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्रै असार १७ गतेको लागि अधिवेशन आह्वान गरेकी हुन् ।
आज अध्यक्ष तिमिल्सिनाले संसद् सचिवालयलाई आवश्यक तयारी थाल्न निर्देशन दिएका हुन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार अध्यक्ष तिमिल्सिनाले शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम