Logo

नवविवाहित जोडीमाथि दिल्लीमा अन्धाधुन्दा गोली प्रहार



एजेन्सी, ११ असार । परिवारको स्वीकृतिविना विवाह गरेका जोडीमाथि दिल्लीमा गोली प्रहार भएको छ । घटनामा युवकको घटनास्थलमै मृत्यु भएको छ । युवती गम्भीर घाइते भई अस्पताल लगिएको छ ।

घटना शुक्रबार विहान द्वारका क्षेत्रमा भएको हो । इन्डियन एक्सप्रेसका अनुसार भाडामा लिएको कोठामा मृत्यु भएका युवक विनय दहिया २३ वर्षका छन् । घाइते युवती किरण १९ वर्षकी छिन् ।

विनयको शरीरमा ४ गोली लागेको थियो । किरणलाई ५ गोली लागेको थियो । उनको बैंकटेश्वर अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।

सोनेपतस्थित गाउँबाट उनीहरु परिवारको स्वीकृतिविना विवाह गरेर द्वारका पुगेका थिए । घटना परिवारको चाहनाविपरित विवाह गरेकाले घटाइएको हुनसक्ने आशंका गरिएको छ ।

भारतमा परिवारको सहमति विपरित विवाह या प्रेम गर्दा आफ्नै परिवारका सदस्यबाट हत्या भएका घटनाहरु छन् । यसलाई अनर किलिङ नाम दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्