Logo

प्रचण्डलाई ओलीको व्यङ्ग्यः धादिङमा स्याल करायो



काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङमा बोल्नु र अदालतको फैसला त्यस्तै आउनुमा आशंका व्यक्त गरे । उनले प्रचण्डले मन्त्रिमण्डल विस्तारविरुद्ध अदालतले आदेश दिने संकेत गर्दै धादिङमा बोलेकोमा आशंका व्यक्त गरेका हुन् ।

ओलीले आज परराष्ट्र मामला अध्ययन केन्द्रको कार्यक्रममा भने,‘काठमाडौंमा कुखुरा हराउँदा धादिङमा स्याल करायो ।’ उनले प्रचण्डलाई स्यालको संज्ञा दिए ।

सर्वोच्च अदालतमा मन्त्रिमण्डल विस्तारविरुद्ध आदेश आउनसक्नेतर्फ प्रचण्डले धादिङमा बोलेका थिए । उनले बोलेको भोलिपल्ट अदालतको त्यस्तै फैसला आएको थियो । त्यसलाई ओलीले सेटिङको आशंका गरे ।

ओलीले विपक्षी गठबन्धनले अदालतबाट राजनीतिक फैसला खोजेको भन्दै आलोचना गरेका छन् । उनले भने,‘अदालतबाट राजनीतिक फैसला खोजियो । एकछिनको मज्जा आउला तर भविष्यमा समस्या आउनसक्छ ।’



प्रतिक्रिया दिनुहोस्