Logo

केन्द्रीय बैंकले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जाको सुविधा दिने



काठमाडौं, असार १२ । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।

केन्द्रीय बैंकले शुक्रवार ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ ।

कुल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनर्कर्जा प्रदान गरिनेछ । अध्ययन समितिले १० मेगावाटभन्दा साना विभिन्न ३५ ओटा आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो । कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्