काठमाडौं, असार १२ । गत चौबिस घण्टामा संक्रमणदर १७.५ प्रतिशतमा झरेको छ। अघिल्लो दिन यो संख्या २० प्रतिशत थियो। गत चौबिस घण्टामा परीक्षण भएका १४ हजार ३ सय ५१ वटा नमुनामध्ये २४ सय ७६ जनामा कोरोना पुष्टि भएको हो।
थप संक्रमितसहित नेपालमा कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा ४ लाख ४ हजार ८ सय १४ जनामा संक्रमण देखिएको छ। थप सहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको छ।
गत चौबिस घण्टामा नेपालमा थप २७ जनाको मृत्यु भएको छ। थप मृतकसहित कुल मृतक संख्या ८ हजार ९ सय ४५ जना पुगेको छ। तीमध्ये दोस्रो लहरको अवधिमा ५ हजार ६ सय ६६ जनाको मृत्यु भएको हो। सो अवधिमा काठमाडौं उपत्यकामा ४ सय २७ जनामा कोरोना पुष्टि भएको छ।
हाल देशभरिमा ४२ हजार ९ सय १० जना होम आइसोलेसन र २ हजार ८ सय ८४ जनाको संस्थागत आइसोलेसनमा गरी ४५ हजार ३ सय ११ जना सक्रिय संक्रमित छन्। तीमध्ये ७ सय १४ जनाको आइसियुमा र २ सय १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नागरिक दैनिकबाट