Logo

सुशिला कार्कीले प्रधानमन्त्रीको अभिव्यक्तिमा कमेन्ट गरेर बाँकी जीवन बिताउनु त्यति मर्यादित होईन : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् नेकपा (एमाले) का प्रभावशाली युवा नेता सूर्य थापाले न्यायापालिका स्वतन्त्र र निश्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले धादिङमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलेअनुसारनै त्यसको भोलिपल्ट अदालतबाट मन्त्रीहरुलाई पदमुक्त गर्ने आदेश आएकोमा विम्बात्मक रुपमा स्याल कराउनु र कुखुरा हराउनु एकैचोटी भयो भनेर भनेको सुनाए ।

प्रधानमन्त्री ओलीले अदालत सेटिङमा चलेको भनेर अभिव्यक्ति दिएको भन्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की र संविधानविद् डा. भीमार्जुन आचार्यले आलोचना गर्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा थापाले भने-“उहाँहरुका टिप्पणीका बारेमा मैले केही भन्दिन्, भीमार्जुनजीले इजलासमा बहस गरे हुन्छ, उहाँ लाईसेन्स प्राप्त बरिष्ठ अधिवक्ता हो । मिडियाको खपतका लागि के के बोल्नुभयो ? उहाँको बारेमा म टिप्पणी गर्दिन् । अब सुशिला कार्कीजी भूतपूर्व प्रधानन्यायाधीश भैसक्नुभएको व्यक्तित्व हो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिमा कमेन्ट गरेर, प्रतिक्रिया जनाएर बाँकी जीवन बिताउनु त्यति मर्यादित होईनजस्तो मलाई लाग्छ । उहाँ चाहीँ पूर्व प्रधानन्यायाधीशको मर्यादाभित्रै बसेर टिकाटिप्पणी गर्न मिल्ने कुरामा मात्रै उहाँले आफ्नो त्यो हैसियतको सदुपयोग गर्दा राम्रो हुन्छ । प्रधानमन्त्रीज्यूले अदालतसमक्ष, अदालतका फैसलाका निम्ति जनस्तरमा उठेका टिकाटिप्पणी, बहसका विषयमा आफ्नो धारणा राख्नुभएको छ । दृष्टिकोण राख्नुभएको छ । र, अदालतले आफ्नो भूमिकालाई निश्पक्ष, स्वतन्त्र, तटस्थ र निर्विवाद बनाउने कुरा चाहीँ अदालतको नेतृत्वले सोच्ने विषय हो । पूर्वहरुसँग, पश्चिमहरुसँग, उत्तर दक्षिणहरुसँगको यो विषय होईन् ।”



प्रतिक्रिया दिनुहोस्