Logo

चुनावले नै मुलुकको निकास दिन्छ, संसद् विघटन बाध्यात्मक कदम : उपप्रधानमन्त्री पौडेल



बुटवल, १२ असार । उपप्रधान एवम् गृह तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको निकास चुनावले मात्रै दिने भन्दै सबै दल यसको तयारीमा जुट्नुपर्नेमा स्पष्ट पारेका छन् । आज (शनिबार) बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै जनतामा जानु भएकोले निर्वाचनले मात्रै मुलुकको पछिल्लो अवस्थाको निकास दिने उनको दाबी थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेको र विपक्षी दलले पनि सरकार बनाउन नसकेकोले बाध्य भएर संसद् विघटन गर्नुपरेको उनको भनाई छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्