Logo

जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, चालक पक्राउ



काठमाडौं, असार १३। ईश्वरपुर नगरपालिका–३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने विषयमा भएको विवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त विषयमा वडाध्यक्ष सूर्यकुमारसँग जेसिबी ठेकदार ईश्वरपुर नगरपालिका–३ भक्तिपुर बस्ने ३१ वर्षीय प्रेमराज दाहाल, पोखरी ठेकदार सोही ठाउँ बस्ने ४० वर्षीय ईन्दल सहनी र जेसिबी चालक हर्कबहादुरबीच शुक्रबार राति विवाद हुँदा हर्कबहादुरले आवेशमा आई जेसिबी स्टार्ट गरी वडाध्यक्षलाई हानेर खाल्टोमा पुरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक समेतको टोली खटिई गई वडा अध्यक्षलाई उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्