काठमाडौं, असार १३। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा प्लसको पहिचान धुलिखेल अस्पतालले पत्ता लगाएको दाबी गरेको छ । धुलिखेल अस्पातलले उक्त नयाँ भेरियन्टकोे पहिचान रिपोर्ट तत्कालीन स्वास्थ्य मन्त्रीलाई बुझाइएको भएता पनिउ क्त रिपोर्टलाई हङकङ र भारतको ल्याबमा परीक्षण गराएर मात्र मन्त्रालयले नेपालमा नयाँ कोरोना भाइरस डेल्टा प्लस देखिएको सूचनाबाहिर ल्याएको बताएको छ ।
धुलिखेल अस्पतालमा कोरोना संक्रमणको शुरूवाती दिनदेखि नै कोरोना भाइरसको विषयमा अध्ययन अनुसन्धानमा जुट्नु भएका डा। राजीव श्रेष्ठले सरकारले धुलिखेल अस्पतालको रिपोर्टमा विश्वास नगरे पनि आफूहरूले हामीले हरेस नखाएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रो रिपोर्ट स्ट्यानफोर्ड, हार्डवर्ड युनि भर्सिटिले मानेको देखियो । अहिलेको अवस्थामा जनचेतना जगाउनु मात्र पनि ठूलो कुरा हो ।’उहाँले आम नागरिकलाई त्रसित बनाउनलाई नभई सचेत बनाउन धुलिखेल अस्पताल लागि परेको बताउनुभयो । उहाँले नेपालमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पहिला कुन कुन मुलुकमा देखिएको भनेर धुलिखेल अस्पतालमा अध्ययन अनुसन्धा नभइरहेको जानकारी दिनुभयो ।नयाँ भेरियन्ट डेल्टा प्लसलाई अहिले डेल्टा भेरियन्ट ए वाई प्लस वानभनेर पुनः परिभाषित गरेको छ ।
डेल्टा भेरियन्ट नेपालमा देखिनु पहिला नै जापानमा देखिइ सकेकोले यसलाई नेपाल भेरियन्ट भन्न नमिल्ने जिकिर गर्दै डा। श्रेष्ठले बरू नयाँ खालको म्युटेसन नेपालमा आएको भन्न मिल्छ भनेर आफूहरूले सरकारलाई रिपोर्ट गरेको पनिबताउनुभयो । उहाँले नेपालमा डेल्टा प्लस भेरियन्ट मात्र नभई अन्य भेरियन्ट पनिआएको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा धुलिखेल अस्पतालले यसको अनुसन्धान गरिरहेको बताउनुभयो ।डा। श्रेष्ठले खोपको विषयमा पनि थप अनुसन्धान गर्नुपर्ने बताउनु भयो । उहाँले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएकाहरूमा कोभिडसँग लड्ने क्षमता कति छ र खोपको असर कति महिनासम्म रहन्छ भनेर प्रत्येक महिनामा फलो अप गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कसैले दुईवटै मात्रा लगाएर पनि संक्रमित भएको छ भने त्यो भाइरस पहिलाकै भेरियन्टले गर्दा हो कि नयाँ भेरियन्ट आयो भन्ने विषयमा अनुसन्धान गर्नु जरुरी छ । नेपाल समाचारपत्र दैनिकबाट