Logo

एमालेको विधान महाधिवेशनले के गर्ला ?



काठमाडौं, १३ जेठ । नेकपा एमालेको विधान महाधिवेशनका लागि स्थायी कमिटी बैठक केन्द्रित छ । आजको बैठक विधान महाधिवेशनको एजेन्डा र तयारीमा केन्द्रित भएको हो ।

केही दिनमै एमालेको विधान महाधिवेशन गर्ने तयारी भएको छ । विधान महाधिवेशन पहिले राष्ट्रिय परिषद गठन हुनेछ ।

विधान महाधिवेशनका प्रतिनिधि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् । केन्द्रीय सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, जनवर्गीय संगठनका पदाधिकारी, जिल्ला कमिटीका अध्यक्ष, निर्वाचन क्षेत्रका निर्वाचित सदस्य विधान महाधिवेशनका प्रतिनिधि हुन्छन् । विधान महाधिवेशन दशैं अगावै गर्ने तयारी भएको छ ।

एमाले अहिले विभाजित अवस्थामा छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल फरक धारमा छन् । यसबीच अध्यक्ष ओलीले विधान महाधिवेशन अगाडि बढाउन खोज्नुलाई अर्थपूर्ण मानिएको छ । विधान महाधिवेशन एमालेको अहिलेको विभाजनको अवस्थालाई हेरेर पनि गर्न लागिएको छ । नेपाल समूह एमालेमा रहने या नरहने टुंगो केही दिनमै लाग्ने अवस्थामा विधान महाधिवेशनको तयारी हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot