Logo

असार २० गतेदेखि ज्योति बैंकले ऋणपत्र निष्कासन गर्ने



काठमाडौं, १० जेठ । ज्योति विकास बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्षका लागि असार २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएसँगै बैंकले ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता सर्वसाधारण र ९ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट बिक्रि गर्ने जनाएको छ । सर्वसाधारणलाई छुट्टाएको कित्ता मध्ये पनि ३० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । ऋणपत्र बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्