Logo

निषेधाज्ञा नहट्ने, सार्वजनिक यातायात अझै नखुल्ने



कठमाडौं, १३ असार । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा अझै नहटाउने भएको छ । कोरोना भाइरसको जोखिम नघटेकाले निषेधाज्ञा नहटाउने भएको हो ।

आज बस्ने काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले यस्तो निर्णय गर्ने बुझिएको छ । बैठकले यस यघिको निर्णयलाई कायम राख्दै सार्वजनिक यातायात नखुलाउने भएको हो । सरकारले काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot