Logo

काठमाडौं उपत्यकामा आज ४ सय संक्रमित थपिए



काठमाडौं, १३ असार । पछिल्लो २४ घन्टामा काठमााडौं उपत्यकामा ४ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका १९ सय २० जना मध्ये काठमाडौंमा मात्र ४२४ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित मध्ये काठमाडौंका २९२, ललितपुरका १०० र भक्तपुरका ३२ जना रहेका छन् । कोरोना संक्रमणबाट आज थप ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ९  पुगेको छ ।

मन्त्रालयको अनुसार आज नेपालमा १ हजार ९ सय २० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या नेपालमा ६ लाख ३४ हजार २४६ पुगेको छ । आज जम्मा ६ हजार जनामा गरिएको परीक्षण बाट १३ सय ५३ जना पिसीआर विधिबाट र ५६७ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

आज ३ हजार ७ जनाको संक्रमण मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot