Logo

सिक नायक बन्दा चेकद्वारा नेदरल्यान्ड पराजित



एजेन्सी, १४ असार । युरोकपमा चेक रिपब्लिकको सानदार प्रदर्शन कायमै रहेको छ । चेकका स्टार खेलाडी प्याट्रिक सिकले सानदार प्रदर्शनले निरन्तरता पाउँदा नेदरल्यान्डमाथि २-० को जीत हासिल गरेको हो ।

गएराति सम्पन्न खेलमा चेकका लागि सेकले युरो कपको चौंथो गोल गरी टोलीको जीत पक्का गरेका थिए । उनीभन्दा अघि टोमस होल्सले ६८औं मिनेटमा गोल गरेका थिए ।

नेदरल्यान्ड्ससका डी लिटले जानीजानी हातले छेकेर सिकले गोलका लागि बढाइरहेको बल रोकेपछि रेड कार्ड पाएका थिए । उक्त रेडकार्ड नेदरल्यान्ड्सका लागि महङ्गो सावित भएको थियो ।

जीतपछि चेकले क्वाटरफाइनल डेनमार्कसँग खेल्ने भएको छ । जारी विश्वकपमा चेकको खेल निकै सुध्रिएको छ । उसले आफूलाई उपाधिको दाबेदारका रुपमा प्रस्तुत गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot