Logo

‘ओलीलाई प्रधानमन्त्रीबाट नहटाई’ माधव नेपालले कुनै सम्झौता नगर्ने



काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाई पछि नहट्ने भएका छन् । ओलीले जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि उनले नमान्ने भएका छन् ।

नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने उनी अडानमा अडिएका छन् । त्यसबाट दायाँबायाँ नहुने स्पष्ट पारिसकेका छन् । यसअघि शनिबार पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफू प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए ।

नेपालले ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमाले मात्र नभई कम्युनिस्ट एकता नै हुने भन्दै विश्वासपात्रहरुलाई त्यस अनुसार तयार हुन भनिसकेका छन् । आफूनिकट विघटित प्रतिनिधि सभाका सांसदलाई पनि पछि नहट्न भनेका छन् । उनले ओलीको एकपछि अर्को कदमहरुलाई समेत उल्लेख गर्दै उनको पक्षमा गुट परिवर्तन गरेर जानेहरुको हालत सम्झन समेत भनेको बुझिएको छ ।

यसैगरी, आज मदन भण्डारीको ७०औं जन्मयन्तीमा शुभकामना दिदै नेपालले नेकपा एमाले र सिंगो कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिए । यसलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot