Logo

भोलिबाट जोरबिजोरमा सार्वजनिक बस चल्ने



काठमाडौं, १४ असार । भोलिबाट उपत्यकामा सार्वजनिक बस पुनः सञ्चालनमा आउने भएको छ । सरकारले जोर बिजोर प्रणालीमा बसहरु चल्न दिने निर्णय गरेपछि यात्रुवाहक सार्वजनिक बस सञ्चालनमा आउने भएको हो ।

स्वास्थ्य शतर्कता कायम राखेर २५ सिटभन्दा माथिका बसहरु जोर बिजोरमा सञ्चालन गर्न दिने निर्णय भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले १६ वैशाखबाट निषेधाज्ञा जारी गरेकोमा ८ असारबाट खुकुलो गर्दै लगेको छ । १५ असारबाट जोरबिजोरमा सार्वजनिक बस समेत चल्न दिने भएको हो ।



प्रतिक्रिया दिनुहोस्