Logo

बालिका बलात्कारको अभियोगमा युवक पक्राउ



भक्तपुर, १४ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना भक्तपुरबाट पक्राउ परेका छन् । तेह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका ४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्