Logo

बाढी पीडित बालबालिकाको अध्ययन सुरक्षित गर्ने योजनामा वर्षा सिवाकोटी



काठमाडौं, १४ असार । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा असार १ गते आएको बाढीले सयौं परिवार घरबार बिहिन भएका छन् भने हजारौको सपना बाढीमा बगेको छ ।

हजारौ बालबालिकाको भविष्य बाढीले बगाएको बेला नायिका वर्षा सिवाकोटीले बालबालिकाको अध्ययनको लागि योजना बनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोभिड र प्राकृतिक विपत्तिका कारण अध्ययन विमुख भएका बालबालिकाहरुको भविष्य सुनिश्चित गर्ने योजनामा जुटेको जानकारी दिएकी हुन् ।

हेलम्बु, मेलम्ची र चनौटे बजार लगायतका स्थानमा आइपरेको प्राकृतिक विपत्तीको असर अबको एकदशकसम्म भोग्ने निश्चित भएको वर्षाको ठहर छ ।

वर्षाले फेसबुकमा लेखेकी छिन्, ‘अहिले सिन्धुपाल्चोकका धेरै वालवालिकाको शैक्षिक सत्र पनि विथोलिएको अवस्था छ । धेरै वालवालिका कोभिड र त्यसपछि प्राकृतिक विपत्तिका कारण अध्ययनबाट विमुख छन् । उनीहरुको भविश्य सुरक्षित बनाउन म केहि योजनामा जुटेकि छु ।’

स्वच्छ मानविय भावनाको हिसाबले नै सिन्धुबासी जनताको पिडामा मल्हम लगाउन आफुले अभियान सुरु गरेको उनको भनाई छ । वर्षाले आफ्नो अभियानलाई सफल बनाउन देश र विदेशबाट सहयोग जुटिरहेको उल्लेख गरेकी छिन् । उनले प्राप्त सहयोगलाई पारदर्शी ढंगले सहि क्षेत्रमा लगानी गर्ने समेत आफ्नो कर्तव्य भएको तर्क गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्