Logo

युनियन लाइफ इन्स्योरेन्सलाई आइपिओ निष्कासन गर्न बोर्डले दियो अनुमति



काठमाडौं, १४ असार । युनियन लाइफ कम्पनीले आज आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्कासनको लागि अनुमति दिएको हो।

बोर्डको अनुसार युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति पाएको हो । इन्स्योरेन्सले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो। कम्पनीले बिक्री प्रवन्धकका प्रभु क्यापिटललाई नियुक्त गरेको छ। २ महिनाभित्र आइपिओ जारी गरिसक्नुपर्ने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot